दफा
कोषको उद्देश्य
– कोषको उद्देश्य देहायबमोजिम हुनेछ ः–
(क) सामाजिक परिचालनका माध्यमबाट गरीब व्यक्ति, परिवार वा समुदायको आर्थिक तथा सामाजिकस्तर उठाउन उनीहरुलाई आवश्यक सेवा सुविधामा पहुँच सुनिश्चित गरी उपयोग गर्न सक्ने तुल्याउने र निजहरुलाई स्थानीय विकास कोषको निर्णय प्रक्रियामा सकृय गराई उनीहरुले आफ्नो हक हित र अधिकार प्रयोग गर्न सक्ने गरी सक्षम बनाउन क्षमता अभिवृद्ध गराउने,
(ख) आर्थिक तथा सामाजिकरुपले पिछडिएका र गरीबीको रेखामुनि रहेका व्यक्ति, परिवार वा समुदायको पहिचान गरी तिनीहरुको आर्थिक तथा सामाजिकस्तर उत्थान गर्न र क्षमता अभिवृद्धि गर्न आर्थिक, सामाजिक र भौतिक पूर्वाधारका कार्यक्रम सञ्चालन गराउने,
(ग) स्थानीयस्तरमा नै गरीबीको कारण पहिचान गरी सामाजिक परिचालनको माध्यमबाट स्थानीय सीप, श्रोत र ज्ञानको उपयोग गरी गरीब व्यक्ति, परिवार वा समूहको आर्थिक तथा सामाजिकस्तर उठाउन सहयोग गर्ने,
(घ) सहयोगी संस्थाहरुबीच समन्वय कायम गर्ने, गराउने,
(ङ) गरीबी निवारणसम्बन्धी स्रोत परिचालन गर्न तथा तत्सम्बन्धी संस्थागत विकास गर्न आर्थिक तथा प्राविधिक सहयोग पु¥याउने।